news-details
समाचार

Share this post!

मध्यपुरमा बुद्धकृष्णले छेडे जिब्रो

बैशाख २, भक्तपुर । बुद्धकृष्ण बाग श्रेष्ठले आठौं पटक जिब्रो छेडाउदै जात्रा सकिएको छ । मध्यपुर थिमि नगरपालिका–८ बोडेका श्रेष्ठले आठौं यो पटक पनि जिब्रो छेडाएका हुन् । प्रसिद्ध बिस्केट जात्रा अन्तर्गत प्रत्येक वर्ष बैशाख २ गते मध्यपुर थिमि–८ बोडेमा जिब्रो छेड्ने जात्रा मनाइन्छ । श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्म गरी सातौं जिब्रो छेड्ेका थिए । बुद्धकृष्णलाई कर्मी र नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० ईन्च लामो सुइरोले उनको जिब्रो छेडिएको हो ।

 जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लाएर बुद्ध कृष्णले नाट्यश्वरको पूजा गरेका थिए । यो उपत्यकाको नै एक जिब्रो छेड्ने जात्रा आफैमा साहसीक कार्य गर्ने जात्राको रुममा रहेको छ । यो भन्दा अघि चार पटक सम्म जिब्रो छोडेका बुद्धकृष्णले २०७४ सालदेखि पूनः जिब्रो छेडेका हुन् । यो उनको आठौ पटक हो । 

ब्रतसुरु भएपछि जिब्रो छेड्ने व्यक्तीले खानाखान गर्न नहुने, आइमाई छुन नहुने, जुठो, सुतकपरेका मान्छेलाई छुन तथा बोल्न नहुने र कुकुर लगायतका जनावरहरुलाई समेत छुन नहुने परम्परा रहेको छ । नकर्मीले एक महिनाअघि बनाएर तेलमा डुबाइराखेको १० ईन्च लामो सुइरो देवगणको पूजा एवम् प्रार्थना गरी हजारौं मानिसहरूकै अगाडि जिब्रो छेडिएको थियो । जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लाएर जिब्रो छेड्ने व्यक्तिले नाट्यश्वरको पूजा गरेपछि मात्र खानेकुरा खाने प्रचलन रहेको छ । प्वाल भएको जिब्रोमा महालक्ष्मीको माटो लगाएर घाउ निको हुने र त्यसमा मेडिकलको औषधि लाउनुनपर्ने  जानकारहरुले बताएका छन ।