news-details
स्वास्थ्य

Share this post!

नेपालमा  कोरोना त्रासः ५३४ मासंक्रमण पुष्टि, ५ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ५ जनाको मृत्यु समेत भएको छ । यससँगै देशभर कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ८२ हजार ५४ पुगेको छ भने निको हुनेको संख्या २ लाख ७४ हजार ६०४ पुगेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ६६ पुगेको छ  । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार १५२ जनाको परीक्षण भएको थियो ।