Share this post!
भोजपुर । मध्य पहाडी लोकमार्गको भोजपुर–चखेवा खण्डको काम ९५ प्रतिशत सकिएको छ। ४२ किलोमिटरमध्ये ४० किलोमिटर कालोपत्रेको काम सकिएको हो। बैशाखभित्र काम सक्ने पुष्पलाल मध्य पहाडी राजमार्ग योजना कार्यालय पाँचथरका प्रमुम सुरेश न्यौपानेले बताए। तामाङ गोल्डेन गुड्सले आर्थिक वर्ष २०७२र०७३ देखि काम सुरु गरेको हो। यसअघि नै निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि लकडाउन, प्रतिकूल मौसमलगायतका कारण केही ढिलो भएको निर्माण कम्पनीले जनाएको छ। सडकको काम गर्न वर्षमा पाँच महिना मात्र उपयुक्त हुने भएकाले बाधा पुग्ने गरेको कम्पनीका इन्जिनियर शैलेन्द्र मल्लले बताए।सडक निर्माणको लागत करिब ६५ करोड रूपैयाँ रहेको छ। काम दुई प्याकेजमा भईरहेको छ। जसमध्ये पहिलो प्याकेजको काम पूर्ण रुपमा सम्पन्न भएको छ। दोस्रो प्याकेजको दुई किलो मिटर मात्र कालोपत्रे गर्न बाँकी रहेका कम्पनीले जनाएको छ।सडक निर्माण भइरहेको स्थलको टेम्केमैयुङ गाउँपालिकाले अनुगमन गरिरहेको छ। कामको गति हेर्दा बैशाखभित्रै सम्पन्न हुने देखिएको गाउँपालिका अध्यक्ष धुर्बराज बताए।