news-details
अन्तरास्ट्रिय

Share this post!

जनता मार्दै , भव्य भोज गर्दै म्यान्मारको सेना 

काठमाडौं । गएको मार्च २८ मा म्यान्मारमा ‘सशस्त्र प्रहरी बल दिवस’ परेको थियो । त्यसैदिन जुन्ता सरकारको विरोध र प्रजातन्त्रको पुनस्र्थापनाका लागि निस्किएको विशाल जुलुशमाथि सेनाले निर्मम हमला ग¥यो र १२० जना प्रदर्शनकारी र सर्वसाधारणको हत्या ग¥यो  । यसरी आफ्ना नागरिकको निर्ममतापूर्वक हत्या गरेको सैनिक सरकारले शनिबार नै प्रहरी दिवसको अवसरमा भव्य भोजको आयोजना गरेको थियो । 

यता मृतकका परिवार र अरु सयौँ घाइते नागरिकको रुवावासी र विचल्ली थियो । टेलिभिजन दृश्यहरु र सामाजिक सञ्जालमा पोष्ट गरिएका फुटेजहरुमा राजधानी शहर रक्ताम्मेजस्तै देखिन्थ्यो । सुरक्षाफौजले एकैदिन एकै शहरको जुलुशमा निर्मम रुपमा गोली प्रहार गरी यतिधेरै नागरिकको ज्यान लियो भने अरु सयौँलाई अङ्गभङ्ग गरायो । तर उता त्यसै साँझ सैनिक सरकारको भने भव्य रात्रिभोज चलिरहेको थियो । त्यसको भोलिपल्टका एकाध स्वदेशी र अरु विदेशी सञ्चारमाध्यममा यी दृश्यका बयानसहितका बडो कारुणिक कथाहरु आए । आफ्नै नागरिकको हत्या गरेर बर्मेली सैनिकले मनोरञ्जन लिएको भनी विदेशी सञ्चारमाध्यमहरुले टिप्पणी पनि गरे । 

संयुक्त राष्ट्रसंघले दुई दिनमात्र अघि विज्ञप्ति प्रकाशन गरेर म्यान्मारमा सुरक्षाकर्मीहरूको आक्रमणबाट त्यहाँ कम्तीमा ५१ बालबालिकाको मृत्यु भएको विवरण सार्वजनिक गरेको छ । आन्दोलनका क्रममा सुरक्षाकर्मीहरुको तर्फबाट भएको हिंसामा परी अप्रिल १३ सम्म उनीहरुको मृत्यु भएको सो विज्ञप्तिमा उल्लेख छ । केही समयअघि सुरक्षाकर्मीले एकजना बच्चाको आफ्नै आमाबुबाको हातैमा हत्या गरेको समाचारले त नेपाली मिडियामा पनि ठूलो चर्चा पाएको थियो । त्यस्तै नागरिकलाई यहाँको सुरक्षा फौजले ताकेरै गोली हान्ने गरेका फुटेजहरु सामाजिक सञ्जालको बाटो भएर नेपालसम्म आइपुगेका छन् । ती दृश्य बडो दर्दनाक र निर्मम छन् ।