news-details
अन्तरास्ट्रिय

Share this post!

भारतमा कोरोना त्रासः एकैदिन १५ सयको मृत्यु, २ लाख ६० लाख संक्रमित 

एजेन्सी । पछिल्लो केही दिन यता छिमेकी देश भारतमा कोरोना संक्रमितको आँकडामा  नयाँ रेकर्ड बनिरहेको छ । २४ घण्टामा एक लाख ३८ हजार १५६ मानिसहरुले कोरोनालाई मात दिए भने १४ सय ९२ को मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा सर्वाधिक २ लाख ६० हजार ५३घ नयाँ संक्रमितको पहिचान भएको छ । यसअघि शुक्रबार २ लाख ३३ लाख संक्रमित भेटिएका थिए । शनिबार जुन राज्यमा सबैभन्दा बढी संक्रमित भेटिए त्यसमा महाराष्ट्र ९६७,१२३०, उत्तर प्रदेश ९२७,३३४०, दिल्ली ९२४,३७५०, कर्नाटक ९१७,४८९० र छत्तीसगढ ९१६,०८३० समावेश छन् ।

सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको आँकडा पनि लगातार बढिरहेको छ । पछिल्ला दिनमा यसमा १।२० लाखको वृद्धि भएको छ । हाल भारतमा १७ लाख ९३ हजार ९७६ जनाको उपचार चलिरहेको छ । दिल्लीमा डिफेन्स रिसर्च एन्ड डेभलपमेन्ट अर्गनाइजेशनले ५ सय शैय्याको कोभिड अस्पताल तयार गरेको छ । यहाँ ठूलो संख्यामा अक्सिजन र भेन्टिलेटर बेड उपलब्ध छन् । यहाँ मानिसहरुको उपचार निःशुल्क गरिनेछ । न्यूरो र कार्डिकको केस आउँदा बिरामीलाई एम्स अस्पताल रिफर गरिनेछ ।अक्सिजन र आइसीयू बेड तीब्र रुपमा कम भइरहेका छन् । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा अक्सिजन र रेमडेसिपिरको कमी भएको बताएका छन् । उनले दिल्लीमा आइसीयू बेड सिमित संख्यामा भएको बताएका छन् ।