news-details
समाचार

Share this post!

बेपत्ता बालकको शव भेटियो

विराटनगर । शनिबारबाट बेपत्ता भएका बालक आइतबार बिहान मृत भेटिएका छन् । शनिबार साँझदेखि हराइरहेका विराटनगर महानगरपालिका-८ का ७ वर्षीय बालक उलभ बस्नेत सिंघीया खोलामा मृत फेला परेका हुन् । खोलामा डुबेर मृत्यु भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।