ललितपुर । महालक्ष्मी नगरपालिकामा “प्रथम महालक्ष्मी मेयर कप तथा राष्ट्रिय जुनियार (आई.टि.एफ) तेक्वान्दो प्रतियोगिता-२०२१” समपन्न भएको छ । महालक्ष्मी नगरपालिका ललितपुरको आयोजना र चाङ्गाथली (आई.टि.एफ) तेक्वान्दो एकेडेमीको व्यवस्थापनमा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।
नगर प्रमुख रामेश्वर श्रेष्ठज्यूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उप प्रमुख निर्मला थापा, नगरपालिकाका प्रशासकीय प्रमुख पुरुषोत्तम सापकोटा, युवा शिक्षा तथा खेलकुद शाखा प्रमुखका चिरञ्जीवी पौडेल उपस्थिती रहेको थियो । त्यसैगरि वडा नं ७ का वडाअध्यक्ष नकुल थापा, वडा नं १ का नन्द कुमार न्यौपाने, वडा नं २ का रामबहादुर के।सी , वडा नं ४ का अध्यक्ष लक्ष्मण रोक्कालयातको उपस्थिती रहेको थियो । कार्यक्रमको सभापतित्व चाङ्गाथली (आई.टि.एफ) तेक्वान्दो का अध्यक्ष बिकास के.सीले गर्नु भएको थियो । प्रतियोगितामा बालबालिकाहरूबाट नृत्य प्रदर्शन गर्नु भएको थियो । प्रतियोगितामा विभिन्न प्रदेश बाट ३०० भन्दा बढी खेलाडी कोच, अफिसियलहरुको सहभागिता रहेको थियो थियो ।
पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै नगर श्रेष्ठले विजेता खेलाडीहरूलाई बधाई दिनु हुँदै आगामी दिनहरूमा थप सफलता मिलोस् भन्ने शुभकामना दिनुभयो । सहभागी खेलाडीहरूलाई सहभागिता आफैमा एक प्रकारको जीत हो, खेलमा हुने हारजीतलाई सामान्य रुपमा लिई आगामी दिनमा थप उत्साह र लगनका साथ खेलमा निरन्तरता लाग्न आग्रह गर्नुभएको छ ।
प्रतियोगितामा महिला तर्फको विभन्न विधाका विजेताहरू यस प्रकार छन् ।
१५-२० तौल विधामा -सुरक्षा लामा प्रथम, सजनी खड्का दोस्रो र महिमा बस्नेत तेस्रो
२०-२५ तौल विधामा -सुप्रिना लामा प्रथम, रिया श्रेष्ठ दोस्रो र अनामिका लिम्बु र दिक्षा तिवारी तेस्रो
२५-३० तौल विधामा - जेजिना थापा प्रथम, प्रकृती मगर दोस्रो
३०-३५ तौल विधामा -राधिका कार्की प्रथम, सुजिना तामाङ्ग र सिद्धिका कुँवर दोस्रो र स्वीकृती गिरी तेस्रो
३५-४० तौल विधामा -अन्सिष कार्की प्रथम, रोलिना तामाङ्ग दोस्रो र एन्जल श्रेष्ठ र अरुणा निरौला तेस्रो
४०-४५ तौल विधामा - मनिषा तामाङ्ग प्रथम, सिमा थापा दोस्रो र शर्मिला पौडेल तेस्रो
४५-५० तौल विधामा - करुणा गौतम प्रथम, आयुषना घिमिरे दोस्रो, आस्था के.सी र एलिजा राउत तेस्रो ।
त्यस्तै पुरुष तर्फका विभिन्न विधाका विजेताहरू यस प्रकार छन् ।
१५-२० तौल विधामा - सुजन पुन मगर प्रथम, आरुष कार्की दोस्रो, सहिल रसाईली र बिनित मगर तेस्रो
२०-२५ तौल विधामा - रिजन भारती प्रथम, सदिक राज थापा दोस्रो, पासाङ्ग तामाङ्ग र युगल मल्ल तेस्रो
२५-३० तौल विधामा -प्रसन्न बि।क। प्रथम, मन्जिल मग्राती दोस्रो, निस्चल मल्ल र राजेश तामङ्ग तेस्रो
३०-३५ तौल विधामा - दिपजल ठकुरी प्रथम, निरन तामाङ्ग दोस्रो, सुरज चालिसे र प्रबिन तामाङ्ग तेस्रो
३५-४० तौल विधामा -अनुश राई प्रथम, राम चन्द्र बोलाखे दोस्रो, प्रबिन के।सी र आयुश बिष्ट तेस्रो
४०-४५ तौल विधामा - मिलन लामा प्रथम, बिसुब जङ्ग कुँवर दोस्रो, निस्चल तामाङ्ग र बिबेक अधिकारी तेस्रो
४५-५० तौल विधामा - समीर थापा प्रथम, निमा घिसिङ्ग दोस्रो, क्षितिज तामाङ्ग र अर्पण कार्की तेस्रो ।
प्रतियोगितामा महिला उत्कृष्ट खेलाडी मनिशा तामाङ्ग र पुरुष उत्कृष्ट खेलाडी समीर थापा भए । टिम च्याम्पियनको उपाधी बागमती प्रदेशले हासिल गर्यो भने गण्डकी प्रदेश टिम दोस्रो हुन पुुग्यो । उत्कृष्ट खेलाडी र टिम च्याम्पियन र टिम दोस्रोहरूलाई नगर प्रमुख अन्य अतिथिहरूले पुरस्कृत गर्नु भएको थियो । उत्कृष्ट खेलाडीहरू र टिम दोस्रोलाई ट्रफीसहित नगद रू पाँच हजार र टिम च्याम्पियनलाई ट्रफीसहित नगर रू दस हजार प्रदान गरी सम्मान गरिएको थियो । त्यस्तै प्रतियोगितामा उपस्थित अतिथि, कोच, रेफ्री र स्वयंसेवकहरूलाई मायाको चिनोहरू प्रदान गरिएको थियो ।