news-details
समाचार

Share this post!

मोटरसाइकल चोरेको आरोपमा पक्राउ

काठमाडौं । पर्साको वीरगञ्जबाट प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको फेटा गाउँपालिका घर भई वीरगञ्ज महानगरपालिका–१३ बस्दै आएका २० वर्षीय रेयाज मियाँ ठकुरी छन् । शनिवार वीरगञ्ज महानगरपालिका–१६ स्थित घरमा पार्किङ गरेर राखेको बिशाल शाहको मोटरसाइकल रेयाजले चोरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रदेश–२–३–००७ नम्बरको सेतोमा रातो रंगको मोटरसाइकलको लक फुटाएर चोरेर लाँदै गरेको अवस्थामा प्रहरीले उनलाई पक्रेको हो । मोटरसाइकल चोरीबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।