news-details
समाचार

Share this post!

स्रोत नखुलेको साढे २४ लाख रुपैयाँसहित पक्राउ

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको २४ लाख ५० हजार रुपैयाँसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ कानेपोखरी गाउँपालिका-७ घर भएका ३३ वर्षीय चूडामणि बस्नेत छन्।उनलालाई आइतबार साँझ यति एयरको उडानद्वारा काठमाडौंबाट मोरङ जान लागेका बेला प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको हो। आन्तरिक उडानतर्फको हेण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उक्त स्रोत नखुलेको नगदसहित फेला पारेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।