news-details
अन्तरास्ट्रिय

Share this post!

भारत कोरोनाको घातक दोस्रो लहर रोक्न असफल, दैनिक १६ सय मानिसको मृत्यु 

बीबीसी । भारतमा विगत २४ घण्टामा दुई लाख ७० हजार जनाभन्दा बढीमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको तथ्याङ्क सोमवार बिहान सरकारले सार्वजनिक गरेको छ। सो अवधिमा १,६१९ जनाको कोभिडसँग सम्बन्धित कारणले मृत्यु भएको बताइएको छ। अहिलेसम्म भारतमा डेढ करोडभन्दा बढी व्यक्तिमा कोभिड पुष्टि भइसकेको छ। तीमध्ये एक लाख ७८ हजारभन्दा बढी सङ्क्रमितको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

नेपालसँग सीमा जोडिएको भारतीय राज्य बिहारका एक सांसद तथा पूर्वमन्ती डा।मेवालाल चौधरीको पनि कोभिडकै कारण मृत्यु भएको बीबीसीले जनाएको छ।भारत सरकारको तथ्याङ्कअनुसार अहिले देशभरि पुष्टि भएका १९ लाख २९,००० भन्दा बढी सक्रिय सङ्क्रमित छन्।
मार्च महिनाको सुरुतिर भारतका स्वास्थ्य मन्त्री हर्षवर्धनले आफ्नो मुलुक कोरोनाभाइरस महामारीको अन्तिम चरणमा रहेको घोषणा गरेका थिए। उनले ूअन्तर्राष्ट्रिय सहकार्यका विषयमा विश्वमै उदाहरणीयू भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वको पनि प्रशंसा गरेका थिए। ज्यानुअरी महिनाबाट भारतले विभिन्न देशमा कोभिड-१९ विरुद्धको खोप निर्यात गर्न थाल्यो जसलाई 'खोप कूटनीति' का रूपमा प्रशंसा गरिएको थियो। अस्पतालमा चाप बढेको छ।अस्पतालमा बिरामी राख्ने शय्या, औषधि, अक्सिजन र परीक्षणका लागि सर्वसाधारणहरूले सङ्घर्ष गर्नु परिरहेको छ।

औषधिको कालोबजारी भइरहेको छ भने परीक्षणको नतिजा आउन कैयौँ दिन लागिरहेको छ। ूमेरो बच्चाको मृत्यु भएको उनीहरूले मलाई तीन घण्टासम्म भनेनन्,ू आइसीयूबाहिर एक शोकाकुल आमाले भनिरहेको एउटा भिडिओमा देख्न सकिन्छ। भारतको खोप अभियान पनि यतिखेर समस्यामा छ। प्रारम्भिक दिनहरूमा भारतमै विकासित खोपको प्रभावकारिताबारे विवाद उत्पन्न भयो। भारतमा खोप अभियानलाई तीव्रता दिँदै गत हप्तासम्ममा १० करोड जनाभन्दा बढीलाई खोप दिँदा समेत खोपको अभाव भइरहेको बताइएको छ।