news-details
समाचार

Share this post!

लुम्बिनी प्रदेश सभामा संकटः  मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव 

बुटवल । केन्द्रयको राजनीतिक संकट प्रदेशतीर। पनि देखिन थालेको छ । केही दिन अगाडी कर्णाली प्रदेशमा देखिएको राजनीतिक समस्या अहिले लुुम्बिनीमा देखिएको हो । लुम्बिनी प्रदेशका मुुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा)का प्रदेशसभा सदस्यहरू अविश्वासको प्रस्ताव लिएर प्रदेशसभा सचिवालयमा पुगेका छन् । अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ । ८७ सदस्यीय प्रदेशसभाका दुई सदस्य (माओवादी) केन्द्रबाट एमालेमा प्रवेश गरेका पदमुक्त भएकाले नयाँ सरकार बनाउन ४३ प्रदेशसभा सदस्य चाहिन्छ । सबभन्दा ठूलो दल एमालेको ४१ प्रदेशसभा सदस्य छन् भने नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक जना प्रदेशसभा सदस्य छन् ।