news-details
अर्थतन्त्र

Share this post!

सुनको मूल्य घट्यो

काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले गिरावट आएको छ ।  सोमबार तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा ९० हजार ७०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजाबी सुन तोलामा ९० हजार २०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ ।  सोमबार तोलामा एक हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो ।