news-details
राजनीति

Share this post!

राप्रपाको महाधिवेशन सर्‍यो 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको महाधिवेशन सरेको छ। पार्टीका नेता मोहन श्रेष्ठले दिएको जानकारीअनुसार जेठमा महाधिवेशन गर्न लागिएको हो। सोमबार बसेको पार्टीको केन्द्रीय सचिवालय कार्यव्यवस्था समिति बैठकले महाधिवेशन कार्यतालिका परिवर्तन गरेको हो। राप्रपाले यसअघि वैशाख २५ देखि २८ सम्म महाधिवेशन गर्ने तय गरेको थियो।  श्रेष्ठका अनुसार सक्रिय सदस्यता वितरण तथा स्थानीय तहहरूमा हुने पार्टी संरचनाको अधिवेशनका लागि समय अपुग भएपछि महाधिवेशन कार्यतालिका परिवर्तन गर्नुपरेको छ। ‘जेठ २२ देखि २५ सम्म काठमाडौंमा महाधिवेशन हुन्छ,’ श्रेष्ठले भने।

सक्रिय सदस्यता वितरण गरिसक्ने म्याद वैशाख मसान्तसम्म दिने निर्णय पनि बैठकले गरेको छ। वडादेखि जिल्लासम्मका अधिवेशन वैशाख मसान्तभित्र गरिसक्नुपर्ने राप्रपाको भनाइ छ। राप्रपा महाधिवेशनमा यसपटक चार हजार पाँच सयभन्दा बढी महाधिवेशन प्रतिनिधि हुनेछन्। उनीहरूले नै राप्रपाको केन्द्रीय अध्यक्ष, पदाधिकारी तथा केन्द्रीय समिति चयन गर्नेछन्।