news-details
समाचार

Share this post!

कारागारभित्र कार्यालय सहयोगी मृत फेला

गुल्मी । जिल्ला कारागार गुल्मीमा मंगलबार बिहान कार्यालय सहयोगी झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । जिल्ला प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले अन्दाजी ४४ वर्षीय कार्यालय सहयोगी गोविन्दप्रसाद पाण्डे कारागार प्रमुखको कार्यकक्ष पछाडिको कोठामा झुन्डिएको अवस्थामा फेला परेको जानकारी दिए ।कारागार प्रमुख भेषराज पन्थका अनुसार कार्यालय सहयोगी पाण्डेको घर जिल्लाको  रेसुङ्गा नगरपालिका १० सिमीचौर हो । उनी २०६३ सालदेखि कारागारमा कार्यालय सहयोगीको रुपमा कार्यरत थिए । उनी मंगलबार बिहान ८र९ बजेको बीचसम्म बगैँचामा सिञ्चाई गर्दै थिए । १० बजे पछाडि नाइलेनको डोरीमा झुन्डिएको अवस्थामा उनी फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो । उनको घरमा श्रीमती, एक छोरा र दुई छोरी रहेको बताइएको छ । परिवारका सदस्यहरुलाई बोलाइएको र घटनाको अनुसन्धान भइरहेको डिएसपी पाण्डेले बताए ।