news-details
स्वास्थ्य

Share this post!

बढ्दो कोरोनाको त्रासः सरकारको परिक्षा, जनतामा धैर्यताको खाचोँ

-दिपा दाहाल
भक्तपुर । नेपालमा हालसम्म  कोरोना भाइरसको संक्रमणबाट मृत्यु ३ हजार ९१ जनाको मृत्यु भइसकेको छ  । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकनुसार २ लाख ८५ हजार ९ सय संक्रमण भेटिएका छन् । जस अनुसार २ लाख ७५ हजार ५ सय ५५ निको भए । सक्रिय संक्रमित ७ हजार २ सय ५४ रहेको मन्त्रालयले जानकारी दिएको छ । विश्वमा कोरोना भाइरसबाट १४ करोड २६ लाख ८५ हजार ९ सय ६८ जना संक्रमित छन् । त्यस मध्ये निको हुनेको संख्या १२ करोड ११ लाख ८७ हजार १ सय ७६ छ, भने ३० लाख ४२ हजार ८ सय ३८ जनाको मृत्यु भएको वल्र्डोमिटरको तथ्यांकमा भएको छ  । सक्रिय संक्रमित भने १ करोड ८४  लाख ५५ हजार ९ सय ५४ रहेका छन् । कोरोनाको दोस्रो लहर देखिएकाले समयमा नै उचित कदम चाल्न र व्यवस्थापन गर्न वर्तमान सरकारले कस्तो भूमिका खेल्दछ त्यसमा भर पर्नेछ ।  त्यो नै सरकारको परिक्षा समेत हुन सक्दछ । 

नेपालको अवस्था 
कोभिड १९ को दोस्रो लहर विश्वभर देखिदै आएको छ । खासगरी छिमेकी देश भारतमा त दिनदिनै लाखौ संक्रमित हँुदै आएका छन् । खुला सिमाना भएको कारणले नेपालमा पनि संक्रमितको संख्या बढ्दै गरेको देखिन्छ । खुुल्ला सीमाना नै अहिलेको मुुख्य चूनौती हो । दैनिक हजारौं मानिस स्वास्थ्य सुरक्षाको उपाय समेत प्रयोग नगरि भारतबाट नेपाल प्रवेश गरिरहेका छन् । त्यसलाई रोक्नु राज्यको मुख्य दायित्व हो । नेपालीलाई रोक्न नमिल्ने भएकाले क्वारेन्टाइन अनिवार्य राख्नु अहिलेको आवश्यकता हो । 
संक्रमण धेरै देखिएको १४ जिल्लाहरुमा सरकारले विद्यालय समेत नजान र नखोल्न अनुुरोध गरेको छ । ती जिल्लाका शहरहरुमा रहेका विद्यालय, पार्टी प्यालेस, फिल्म हल बन्द गर्न सूचना जारी गरेको छ । काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, भरतपुर, काँकडभिट्टा, बिर्तामोड, दमक,  िवराटनगर, इटहरी, धरान, वीरगंज, जनकपुर, राजविराज, हेटौँडा, भैरहवा, पोखरा, बुटवल, घोराही, तुलसीपुर, नेपालगंज, धनगढी र भिमदत्त नगरमा विद्यालय बन्द गर्ने निर्णय सरकारको छ । सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक पनि लगाएको छ । वैशाखभर पार्टी प्यालेसहरु बन्द हुनेछन् । विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जना भन्दा बढी सहभागी हुन पाइदैन । सरकारको निर्णयपछि पहिलो चरणको कहर देखीए लगतै फिल्म हलहरु बन्द भएका थिए । पछि आधा दर्शक राख्ने, स्वास्थ्य मापदण्ड पालना गर्ने, हल बेलाबेलामा सेनेटाइज गर्ने सहमतीमा हल खुलेको थियो । अब फेरी फिल्म हल बन्द गर्ने निर्णय गरेको छ ।

जनतामा धैर्यताको खाचौं 
संक्रमणको दर बढ्दै गएकोले सरकारले केहि निर्णयहरु लिएको छ । धेरै भिडभाड नगर्न र स्वास्थ्य मापदण्ड पालना गर्न सरकारको अनुरोध छ । मास्क अनिर्वाय लगाउन सरकारले अनुरोध गर्दै आइरहेको छ । कोरोना भाइरस जसलाई (कोभिड–१९) पनि भनिन्छ, हाल विश्वभर तिव्र गतिमा फैलिरहेको छ । यसलाई २०२०, मार्च महिना देखी विश्व स्वास्थ्य संगठन ले विश्व व्यापी महामारीको रुपमा घोषणा गरेको थियो । यो श्वासप्रश्वास को माध्यमबाट सर्ने रोग हो जुन विश्वको लागी अहिले चुनौती बनेको छ । कोरोना भाइरस सबैभन्दा पहिला २०१९ को अन्त्यतिर चीन वुहान शहरमा देखिएको छ र त्यसको अनुसन्धान हुदैँ छ । 
  यसले मानिसलाइ विभिन्न किसिमबाट असर गर्दछ । कसैलाई कुनै पनि लक्षण देखिदैन । धेरै जसोलाई साधारण रुघाखोकी जस्तो भएर आफै सन्चो हुन्छ । कसैलाइ भने सिकिस्त बिरामी बनाई ज्यानै पनि लिने गर्दछ । त्यसैले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरे दैनिक कार्य गर्नु पर्ने देखिन्छ ।