news-details
राजनीति

Share this post!

एमाले एक बनाउन ओली र नेपालको वार्ता 

काठमाडौं । लामो समयदेखि विवादमा रहेको नेकपा एमालेमा विहिबारको घटनाले नयाँ सन्देश दिएको छ  । पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच राजधानीको एक होटमा वार्ता भएको छ  । बुधबार बिहान नेपाल समूहमा रहेका योगेश भट्टराई  बालुवाटार पुगेर प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीलाई भेटेका थिए । उनले पार्टी एकता जोगाउनुपर्ने भन्दै पार्टी अध्यक्ष भएको नाताले विगतका तीतामीठा बिर्सिएर अग्रसरता लिन ओलीलाई आग्रह गरेका थिए । उनले माधवकुमार नेपाल, झलनाथ खनालहरुसँग कुरा गर्न आग्रह गरे । संवादकै क्रममा अध्यक्ष ओलीले वरिष्ठ नेता नेपाललाई टेलिफोन गरेको स्रोतको दाबी छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको फोन आउँदा नेता नेपाल आफ्नो समूहका स्थायी कमिटी सदस्यहरुसँग छलफलमा थिए । २७ नेतालाई सांसद पदबाट किन ननिकाल्ने भनेर पत्र काटेको भोलिपल्ट नेकपा एमालेका अध्यक्ष ओलीले नेता नेपालसँग भेटवार्ता गरेका हुन् । दुई नेताबीच बुधबार साँझ झण्डै दुई घण्टा मेरियट होटलमा वान अन वान वार्ता भएको थियो । भेटपछि दुवै नेताले सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएका छैनन् । नेताहरुका अनुसार लामो संवादहीनता तोडिएको छ, तर सहमतिको कुनै प्रस्ताव आएको छैन ।