news-details
समाचार

Share this post!

घरभित्र महिलाको शव भेटियो, श्रीमान फरार

वीरगञ्‍ज । बारामा एक महिलाको हत्या भएको छ । जीतपुर सिमरा उपमहानगरपालिका(३ छिमेक बैंक टोल बस्ने ५० वर्षीया पार्वती कार्कीको हत्या भएको हो । आफ्नै घरको दोस्रो तल्लाको बरण्डामा उनको शव भेटिएको छ । निधार र टाउकोमा गह्रौं वस्तुले हानेको चोट देखिएको र शव नजिकै इँट्टा पनि भेटिएको प्रहरीले जनाएको छ । घटनापछि महिलाका श्रीमान फरार छन् । उनले नै हत्या गरेर भागेको हुनसक्ने आशंका प्रहरीले गरेको छ । प्रहरीले उनको खोजी गरिरहेको छ । मादक पदार्थ सेवन गरेर आउँदा बाबु आमाबीच प्रायः झगडा भइरहने ती दम्पतीका छोराहरुले बताएका छन् ।

बुधबार राति पनि बाबुआमाबीच विवाद भएको र बिहान माथिल्लो तलामा हेर्न जाँदा आमा मृत अवस्थामा देखिएको उनीहरुले प्रहरीसमक्ष बताएका छन् । इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठ सहितको टोली घटना स्थलमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले घटनाबारे अनुसन्धान भइरहेको बताए ।