news-details
समाचार

Share this post!

चाँगुनारायण नगरपालिकाको भवनको जग ढलान कार्य सुरु 

बैशाख ९, 
भक्तपुर । चाँगुनारायण नगरपालिकाको वडा नं. ५ स्थित घुमाउनेमा निर्माण हुने भवनको जग ढलान कार्य सुरु भएको छ । नगरपालिकाले बोलपत्र आवहन गरि करिब २५ करोड ४६ लाख २५ हजार रुपैँयाको लागतमा नयाँ भवन बनाउने गरि निर्माण व्यवसायीसंग सम्झौता भएको हो । नगरपालिकाको प्रशासनकी भवन, सेमिनार हल, एमओइसी भवन, ६ वटा सहायक भवन, क्यान्टिन, गार्ड घर, नगरपालिकासम्म आउने भित्री बाटोको निर्माण हुने नगरपालिकाका इन्जिनियर रुपेश गेलालले बताए । उक्त भवन मध्ये कलात्मक र परम्परागत शैलीमा निर्माण हुने प्रशासनीक भवन ३ हजार ६४० स्क्वायरफिटमा ६ तल्लाको हुनेछ । त्यसैलाई मध्य नजर गर्दै २०८० साल बैशाखमा निर्माण सम्पन्न हुने गरि ठेक्का सम्झौता भएको र १८ महिनामा नै सक्ने लक्ष्य रहेको निर्माण कम्पनीले जानकारी दिएको छ ।