news-details
अन्तरास्ट्रिय

Share this post!

१०० वर्ष पुरानो घडी भूकम्पको धक्कापछि चल्न थाल्यो

काठमाडौं । भूकम्पीय जोखिमको दृष्टिले जापान विश्वमै सर्वाधिक खतरनाक देश हो । यसको कारणचाहिँ जापान पृथ्वीको सबैभन्दा अशान्त टेक्टोनिक प्लेटमाथि पर्नु नै हो । अशान्त टेक्टोनिक प्लेटकै कारण जापान संसारमै सर्वाधिक भूकम्पको केन्द्रकै रुपमा रहेको छ ।भूकम्पकै कारण जापानमा एउटा अनौठो घटना भएको छ । जापानमा एक सय वर्ष पुरानो बन्द भएको एउटा घडी भूकम्पकै कारण पुनः चल्न थालेको छ ।यो घटना जापानको यमामोटोमा भएको हो । यमामोटोको एक बौद्ध स्तुपमा एक सय वर्ष पुरानो एउटा विशाल आकारको घडी राखिएको थियो । तर सन् २०११ मा जापानमा गएको विनाशकारी भुइँचालोका कारण उक्त घडी बन्द भयो । त्यसबेलादेखि स्तुपको उक्त घडी चलेको थिएन । तर गत फेब्रुअरीमा गएको भूकम्पपछि चाहिँ सो घडी पुनः चल्न थालेको छ ।भूकम्पकै कारण १० वर्षसम्म बन्द भएको घडी भूकम्पकै धक्काले चल्न थालेको घटनाले धेरैलाई अचम्मित बनाइदिएको छ । कतिपयले चाहिँ भूकम्पले हल्लाउँदा घडी भित्र जम्मा भएको धूलो झरेको र घडी चल्न थालेको हुनसक्ने लख काटेका छन् ।दश वर्षसम्म बन्द भएको घडी भूकम्पपछि चल्न थालेसँगै त्यहाँ सो घडी निर्माता कम्पनीका एक प्रतिनिधि समेत पुगेर अवलोकन गरेका थिए ।सन् २०११ मा गएको भूकम्पपछि आएको सुनामीको छाल स्तुपभित्र समेत छिरेर मन्दिरलाई तहसनहस बनाइदिएको थियो । सुनामीबाट स्तुपका खम्बा तथा छत मात्र बँचेका थिए । एउटा खम्बामा टाँगिएको हुनाले उक्त घडीलाई पनि पानीले बगाएन ।सुनामी पश्चात् स्तुपाको पुनर्निर्माण भयो । उक्त घडी मर्मत गर्ने प्रयास भएपनि त्यो सफल भएन । जसका कारण घडीलाई बन्द भएकै अवस्थामा भित्तामा टाँगियो । तर मर्मत गर्दा पनि नचलेको सो घडी भूकम्पको एक धक्काबाट पुनः चल्न थालेको हो ।