news-details
अर्थतन्त्र

Share this post!

आजदेखि सीईडीबी हाइड्रोपावरको आईपीओ

१७ वैशाख, काठमाडौं। सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओमा आज शुक्रबारेदेखि आवेदन खुला भएको छ। प्रतिकित्ता एक सय अङ्कित दरको २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर आजदेखि आवेदन खुला भएको हो। आईपीओको कम्पनीले २ प्रतिशत अर्थात् ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र ५ प्रतिशतले हुने एक लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ। बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सकिने जनाइएको छ। यस कम्पनीको लगानी रहेको लमजुङ जिल्लामा ४.४० मेगावटको राधी विद्युत् कम्पनी र ०.१८ मेगावटको‚ यागे खोला जलविद्युत् आयोजना गरी दुईवटा हाइड्रोपावर परियोजना सञ्चालनमा छन्। कम्पनीको लगानी रहेको राप्ती हाइड्रो एन्ड जनरल कन्‚ट्रक्सन लिमिटेड, दोर्दी खोला जलविद्युत् लिमिटेड तथा खारे खोला जलविद्युत् कम्पनी लिमिटेड गरी तीनवटा आयोजना निर्माण भइरहेका छन्। कम्पनीको लगानी रहेको सङ्खुवासभा मकालु गाउँपालिका–२ मा ४५ मेगावटको कसुवा खोला जलविद्युत् आयोजना पनि निर्माण गर्ने क्रममा रहेको छ। पछिल्लो समय आवेदकहरुको संख्या उच्च हुँदै गएका कारण गोलाप्रथाबाट १० कित्ता मात्रै पनि धेरै कमले मात्रै पाउँछन्। यसर्थ १० कित्ताका लागि आवेदन दिए पनि पर्याप्त हुने देखिन्छ।