news-details
खेलकुद

Share this post!

बार्सिलोनाको शीर्ष स्थानमा उक्लने मौका गुम्यो

आफ्नै घरेलु मैदानमा ग्रानाडासँग स्तब्ध हुँदै बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ। बिहीबार राति भएको खेलमा बार्सिलोना १–२ गोलले पराजित भएको हो। खेलमा अग्रता भने बार्सिलोनाले लिएको थियो। लियोनेल मेस्सीले एन्टोनी ग्रिजमानको पासमा बार्सालाई अग्रता दिलाएका थिए। त्यसपछि पनि बार्सिलोनाले गोलका थुप्रै अवसरहरू गुमाएको थियो। दोस्रो हाफमा डार्विन माचिसले बराबरी गोल फर्काए। त्यसपछि जर्ज मोलिनाले गोल गर्दै ग्रानाडालाई अग्रता दिलाए। बिहीबारको खेलमा जीत हासिल गरेको भए बार्सिलोनाले शीर्ष स्थानमा एक अंकको अग्रता बनाउने थियो। तर, हारपछि बार्सिलोना शीर्ष स्थानमा रहेको एथ्लेटिको म्याड्रिडभन्दा २ अंकले पछि र रियल म्याड्रिडसँग अंक बराबार गर्दै तेस्रो स्थानमा सिमित बनेको छ। अब मे ८ मा हुने बार्सिलोना र एथ्लेटिको म्याड्रिडबीचको खेल ला लिगाको उपाधि दौडमा महत्त्वपूर्ण हुने देखिएको छ।