news-details
अन्तरास्ट्रिय

Share this post!

कोरोना अस्पतालमा आगलागी

भारतको गुजरातस्थित एउटा कोरोना अस्पतालमा आगलागी हुँदा कम्तिमा १२ जना बिरामीको मृत्यु भएको छ। मृतकको संख्या बढ्न सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भरूचको वेलफेयर अस्पतालमा शुक्रबार राति साढे १२ बजेतिर आगलागी भएको त्यहाँको प्रहरी चौकीका एसपी राजेन्द्रसिह चुडास्माले जानकारी दिएका छन्। अस्पतालका अनुसार उपचाररत १२ बिरामीले ज्यान गुमाएका छन् । आगलागीमा परेर कयौं बिरामीहरू गम्भीर घाइते भएका छन्।अस्पतालको पहिलो तलामा कोरोना संक्रमित बिरामीहरूको उपचार हुँदै आएको थियो । आगलागीपश्चात वेलफेयरमा उपचार गर्न सम्भव नभएपछि अहिले ५० कोरोना संक्रमणका बिरामीलाई अर्को अस्पतालमा सारिएको छ । आइसियुमा विद्युत सर्ट भएर आगो लागेको एसपी चुडास्माले जानकारी दिए।