news-details
मनोरन्जन

Share this post!

‘सोच बेलैमा’ सार्वजनिक

काठमाडौँ । गायिका सोना अमात्यको नयाँ गीत ‘सोच बेलैमा’ सार्वजनिक भएको छ । गीतमा सोनालाई गायक विवेक सिंह ठकुरीले साथ दिएका छन् ।संगीत प्रशिक्षक शशि विक्रम थापाको शब्द तथा संगीत रहेको गीतको आकर्षक भिडियो समेत बनेको छ । भिडियोमा गायक गायिका सोना र विवेकको अलवा गरिमा शर्मा, गोविन्द सिंह विष्टको अभिनय देख्न सकिन्छ । एड एजेन्सी फुल सर्कलकी सीईओ समेत रहेकी सोनाको यो गीत ‘मेरो माया’ एल्बममा समावेश गरिएको छ । उनले आउँदो दिनमा यस्ता गीतहरुलाई सार्वजनिक गर्दै जाने र एल्बममा संग्रहित गर्ने समेत बताएकी छिन् । गम्भिर विस्टको निर्देशन रहेको भिडियोमा नवराज उप्रेतीको छायाँकन, सुरेन बसेलको कोरियोग्राफी रहेको छ । सानै देखि गीतसंगीतमा रुचि भएकी सोनाको यस अगाडि ‘मेरो मायाकरोडमा’ बोलको गीत चर्चामा रहेको थियो ।