news-details
मनोरन्जन

Share this post!

शृङ्खलाको ‘ओपन सिक्रेट’ 

पूर्वमिस नेपाल शृङ्खला खतिवडा बिभिन्न कारणले चर्चामा छाइरहने गर्छिन् । समाजसेवादेखि प्रेमसम्म उनको चर्चाको विषय बन्ने गरेको छ ।भ्लगर सिसन बानियाँसँगको उनको प्रेम मिडियादेखि सामाजिक सञ्जालसम्म नलुकेकै विषय हो । तर दुवैले सार्वजनिक रुपमा भने अहिलेसम्म प्रेम स्वीकारेको छैनन् । बेलाबेलामा रियालिटी शोमा समेत चर्चाको बिषय बन्ने उनीहरुको प्रेमलाई धेरैले ओपन–सेक्रेट भन्ने गरेका छन् । जसलाई शृङ्खलाले समेत स्वीकार गरेकी छन् ।केही दिन अगाडि एक टेलिभिजन कार्यक्रममा अतिथिको रुपमा पुगेकी उनले सो कार्यक्रममा पनि प्रेमको विषय ओपन सेक्रेट नै राखिरहेको बताइन् । कार्यक्रममा उनलाई सिसनसँगको प्रेमबारे प्रश्न समेत सोधियो । जवाफ भने उनले भनिन् ‘समय आएपछि भन्छु । यो विषय अहिले ओपन सेक्रेट नै राखिरहेको छु ।’ प्रेमबिना जीवन खल्लो हुने समेत कार्यक्रममा बताएकी उनले विवाहको बारेमा भने केही बोलिनन् ।