news-details
मनोरन्जन

Share this post!

शीर्ष सातमा पुग्न सफल दिवेश पोखरेल

काठमाडौं । नेपाली मुलका दिवेश पोखरेल (अर्थर गन) अमेरिकी आइडल प्रतिस्पर्धामा शीर्ष सातमा पुग्न सफल भएका छन् । अघिल्लो वर्ष​ अर्थात १८ औं संस्करणमा उपविजेता बन्न सफल पोखरेल १९ औं संस्करणमा पनि उत्कृष्ट सातमा पुग्न सफल भएका हुन् । यो संस्करणमा सिजन १८ का १० प्रतियोगीलाई आयोजकले प्रतिस्पर्धामा मौका दिएको थियो । तीमध्ये एक दिवेश पनि हुन् । नेपाली मुलका दिवेशले प्रतिस्पर्धाको दुवै सिजनमा जजको माया पाउन समेत सफल भएका छन् ।