news-details
अन्तरास्ट्रिय

Share this post!

बिल गेट्स र मेलिन्डाले अन्त्य गरे वैवाहिक सम्बन्ध

अमेरिकी धनाढ्य तथा माइक्रोसफ्टका संस्थापक बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले सम्बन्धविच्छेद गरेका छन्। बिल र मेलिन्डाले सामाजिक सञ्जालमार्फत् आफूहरू २७ वर्ष लामो वैवाहिक सम्बन्धलाई निरन्तरता नदिने निर्णयमा पुगेको जानकारी गराएका छन्। सन् १९९४ मा विवाह गरेका उनीहरूका तीन सन्तान छन्। बिल र मेलिन्डाले सामाजिक कार्य गर्नका लागि बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन पनि बनाएका छन्। सम्बन्धविच्छेद भए पनि फाउन्डेसनमा उनीहरूले सँगै काम गर्ने बताएका छन्।