news-details
समाचार

Share this post!

इन्जिनियरिङ्ग कलेजमा आइसोलेसन वार्ड तयार पार्दै नगरपालिका

चाँगुनारायण नगरपालिकाले भविस्यमा कोभिडले निम्त्याउन सक्ने भयावह परिस्थिति लाइ मध्यनजर गर्दै आफ्नो नगरपालिका द्वारा संचालित नेपाल इन्जिनियरिङ्ग कलेजमा १०० सैय्याको आइसोलेसन वार्ड तयार पारेको छ। चाँगुनारायण नगरपालिकाको निर्णय अनुरुप करिब एक हप्ताको समयमा उक्त वार्ड तयार पारिएको नेपाल इन्जिनियरिङ्ग कलेजका कर्मचारी तथा स्थानिय समाजसेवी मनोहर खनालले जानकारी दिए । खनालका अनुसार हाल ५० सैय्या प्रयोगका लागि तयारी अवस्थामा रहेको र बाकी ५० सैय्या केही दिन भित्रै तयार हुने गरि नगरपालिका कर्मचारी  तथा कलेज कर्मचारी अनबरत रुपमा लागि रहेका छन । विद्यार्थीहरुलाइ गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको कलेजले राज्यलाइ आवश्यक परेको अवस्थामा  स्थानिय सरकारको निर्देशन अनुसार जनताको जीवन रक्षाका निमित्त कलेजको सम्पुर्ण भौतिक संरचना सैय्या बिस्तारका निमित्त दिन कलेज तयार रहेको समेत खनालले बताए । खनालले हाल कोरोना नियन्त्रणमा नेपाल सरकारको साना लापरबाहीका कारण प्राइभेट मेडिकल कलेजहरुको चरम मनोमानी बढेको र त्यस्ले गर्दा निम्न र मध्यम बर्गिय स्तरका जनताहरु स्वास्थ उपचारमा खेलवाड भएको प्रती आक्रोश समेत ब्यक्त गरे । चाँगुनारायण बासी, कलेजका विद्यार्थी, कर्मचारी परिवार लाई पहिलो प्राथमिकतामा राखेर संचालनमा लेराउन लागिएको उक्त आइसोलेसन वार्डमा खाना खाजा बाहेकको अन्य सबै सेवा सुबिधा चाँगुनारायण नगरपालिकाले नि शुल्क ब्यबस्था गर्ने चाँगुनारायण नगरपालिका प्रमुख सोम मिश्रले जानकारी दिए । उनका अनुशार आइसोलेसनमा रहेका संक्रमितलाई स्वास्थमा कठिनाइ महसुस भएको खण्डमा अधिकतम १० मिनेट भित्रै चाँगुनारायण नगरपालिका द्वारा संचालित सुबिधायुक्त चागुनारायण अस्पतालमा लगेर उपचार गरिने समेत प्रबन्ध मिलाइएको छ ।