news-details
समाचार

Share this post!

न्यायपरिषद सदस्य लक्ष्मीबहादुर निरालाको निधन

२१ वैशाख, काठमाडौं । न्याय परिषद सदस्य लक्ष्मीबहादुर निरालाको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ । उनको मंगलबार काठमाडौंको बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा मृत्यु भएको हो । कोरोना संक्रमणपछि वैशाख १० गते अस्पताल भर्ना भएका उनमा उच्च रक्तचाप र मधुमेहको पनि समस्या देखिएको थियो । काठमाडौंको मित्रपार्क निवासी निराला पूर्वमहान्यायाधिवक्तासमेत हुन् । उनलाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ सालमा न्यायपरिषद सदस्य नियुक्त गरेकी थिइन् ।