news-details
अन्तरास्ट्रिय

Share this post!

उड्दा-उड्दै पांग्रा निस्किएको जहाजलाई सफल अवतरण

भारतको मुम्बईमा पाइलटले बिहीबार राति उड्दा-उड्दै पांग्रा खसेको एउटा एयर एम्बुलेन्स जहाजलाई  सफल अवतरण गराएका छन्।एयर एम्बुलेन्समा दुईजना क्रू मेम्बर, एकजना बिरामी, बिरामीका एकजना आफन्त र एकजना डाक्टर थिए ।स्थानीय प्रशासनका अनुसार सो हवाईजहाज नागपुरबाट हैदरावाद जाँदै थियो ।जेट सर्भ एभिएसनले चलाएको  सी(९० भिटी)जेआइएल जहाजको टेकअफ हुनासाथ एउटा पांग्रा निस्किएको थियो। त्यसपछि पाइलटले आकस्मिक अवतरणका लागि जहाज मुम्बईतिर मोडेका थिए।सो जहाजलाई बिहीबार राति भारतीय समयअनुसार ९ बजेर ९ मिनेटमा मुम्बईको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा बेली–ल्याण्डिङ गराइएको थियो ।नागरिक उड्डयनमन्त्री हरदीप सिंह पुरीले यस घटनाको जानकारी ट्वीटरमार्फत् दिएका छन् ।जहाजमा आगो नलागोस् भनेर धावनमार्गमा फोम बिछ्याइको थियो। पाइलटले ल्यान्डिङ गियर नखोलीकनै बेली ल्यान्डिङ गराएका थिए। जहाजमा रहेका सबैजना सुरक्षित छन्। बिरामीलाई मुम्बईको एक अस्पतालमा भर्ना गरिएको छ।