news-details
अन्तरास्ट्रिय

Share this post!

एक सय वर्षको माछा

अमेरिकाको डेट्रोइट नदीमा १ सय वर्ष उमेरको माछा समातिएको छ । उक्त माछाको तौल १०८ किलो छ ।अमेरिकाको माछा तथा वन्जयन्तु सेवा कार्यालयका अनुसार उक्त पोथी माछा समातेर नापजाँच तथा तौल गरेसँगै पुनः नदीमा छाडिएको छ ।कार्यालयले उक्त माछाको बारेमा आफ्नो फेसबुक पेजमा जानकारी दिएका छन् । कार्यालयका अनुसार उक्त माछाको लम्बाई २.१ मिटर छ । कार्यालयले सो माछालाई रियल लाइफ रिभर मोन्स्टरको उपमा दिएको छ । उक्त माछा स्टुर्जिएन प्रजातिको हो । यो प्रजातिको माछामा भालेको आयु ५५ वर्षको हुन्छ भने पोथीको आयु ७० देखि १ सय वर्षसम्मको हुन्छ ।गत अप्रिल २२ मा डेट्रोइट नदीको दक्षिणी भागस्थित ग्रोस्से इल क्षेत्रमा सो माछा फेला परेको हो ।