news-details
अन्तरास्ट्रिय

Share this post!

गुफामा भेटियो ७८ हजार वर्ष पुरानो चिहान

 वैज्ञानिकहरुले अफ्रिकामा ७८ हजार वर्ष पुरानो चिहान फेला पारेका छन् । उक्त चिहान करिब तीन वर्ष उमेरको बच्चाको रहेको र बच्चाका खुट्टा छातीतर्फ मोडेर चिहानमा गाडिएको तथ्य वैज्ञानिकहरुले पत्ता लगाएका हुन् ।अफ्रिकी मुलुक केन्याको तटीय क्षेत्रमा रहेको उक्त गुफामा भेटिएको चिहान अफ्रिकामा अहिलेसम्म फेला परेकामध्ये सबैभन्दा पुरानो चिहान भएको बताइएको छ ।उक्त चिहानमा केही गहनालगायतका वस्तु पनि भेटिएको छ । चिहानमा फेला परेका वस्तुहरुको आधारमा उक्त चिहान पाषाण युगको रहेको ठहर गरिएको छ । साइन्स जर्नलमा यस विषयमा विस्तृत रिपोर्ट छापिएको छ ।उक्त चिहानको बच्चा छोरा हो वा छोरी भन्ने चाहिं प्रष्ट छैन । कफनभित्र जालीमा बेरेर शव चिहानमा गाडिएको थियो । शवको टाउको शायद सिरानीमा राखिएको वैज्ञानिकहरुको भनाइ छ ।शोधकर्ता तथा स्पेनको बुरगोस नेशनल रिसर्च सेन्टर अन ह्युमन इभोलुसनकी निर्देशक मारिया मार्टिनोस टोरेसका अनुसार त्यस समयमा मानव समुदायमा अन्तिम संस्कारको परम्परा मानिन्थ्यो ।जमिनको तीन मिटर तल गाडिएको उक्त शवलाई उत्खनन् गरी परीक्षणका लागि स्पेन पठाइएको थियो । स्पेनमै गरिएको सूक्ष्म परीक्षणका क्रममा उक्त शव ७८ हजार वर्ष पुरानो रहेको पुष्टि भएको हो ।