news-details
अन्तरास्ट्रिय

Share this post!

बर्थडे पार्टीमा गोली चल्दा ६ जनाको मृत्यु

अमेरिकाको कोलोराडोमा जन्म दिनको समारोहमा एक बन्दुकधारीले गोली चलाउँदा ६ जनाको ज्यान गएको छ। आइतबारको उक्त घटनामा बन्दुकधारीले पछि आफूलाई पनि गोली हानेको थियो। प्रहरीकाअनुसार कोलोराडो स्प्रिग्समा एक घरमा आइतबार मध्यरातपछि गोली चलेको हो। प्रहरीले घट्नास्थलमा ६ जना मृत र एकजनालाई गम्भीर घाइते अवस्थामा फेला पारेको थियो। पार्टीमा बालबालिका पनि थिए।