news-details
अन्तरास्ट्रिय

Share this post!

१० वर्षकी बालिकाको विश्व किर्तिमानी

भारतीय मूलकी एक १० वर्षीया बालिकाले १९५ देशको नाम, राजधानी र मुद्रा कण्ठ गरेर विश्व कीर्तिमान कायम गरेकी छन् ।भारतको राजस्थान मूलथलो भई हाल दुबईमा बस्दै आएकी सारा छिप्पा नामकी ती बालिकाको आफ्नो अद्भूत स्मरण क्षमताको प्रदर्शन गरी गिनिज बुकमा नाम लेखाएकी हुन् ।गत मे २ मा भर्चुअल माध्यमबाट आयोजित उक्त कार्यक्रम फेसबुक, युट्युब र लिंक्डइनबाट प्रत्यक्ष प्रशारण गरिएको थियो र उनले १९५ देशको नाम, राजधानी र मुद्रा खरर्र भनेकी थिइन् । यी सबै भनिसक्न उनलाई १५ मिनेट लागेको थियो । यो सँगै उनको नाम अनौठा किर्तिमान प्रमाणित गर्ने ओएमजी बुक अफ रेकर्डस्मा दर्ता भएको छ ।विश्वका देशहरुको नाम र राजधानी कण्ठस्थ पार्ने किर्तिमान अरुले पनि बनाएका भएपनि उनले मुद्रा समेत कण्ठ पारेर नयाँ इतिहास रचेकी छिन् ।