news-details
अन्तरास्ट्रिय

Share this post!

इजरायली हवाई आक्रमणबाट १२३०  प्यालेस्टाइनी घाइते,१८८ जनाको मृत्यु

इजरायली हवाई आक्रमणबाट आइतबार बेलुकीसम्म प्यालेस्टाइनी क्षेत्रमा १८८ जनाको ज्यान गएको छ।दुई पक्षबीच शुरू भएको द्वन्द्व आइतबार सातौं दिनमा प्रवेश गरेको छ। मृत्यु हुनेमा ५५ बालबालिका रहेको गाजास्थित प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।इजरायली आक्रमणमा पछिल्लो २४ घण्टामा थप एक हजार २३० प्यालेस्टाइनी घाइते भएको उक्त मन्त्रालयलाई उद्धृत टाइम्स अफ इजरायलले उल्लेख गरेको छ। हालको हिंसाको दौरानमा सुरु भएदेखि गाजामा मारिएकाहरू मध्ये धेरैजसो आतङ्कवादी समूहका सदस्य रहेका इजरायली सेनाले जनाएको छ। इजरायलले गाजा क्षेत्रमा रहेर गतिविधि गर्दै आएको हमास समूहलाई आतङ्ककारीको सूचीमा राखेको छ। सेनाले प्यालेस्टाइनी समूहले गरेको रकेटको निशाना गलत हुँदा दर्जनौँ व्यक्तिको मृत्यु भएको दावी गरेको छ।यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र प्यालेस्टाइनबिच जारी युद्ध अन्त्य गर्न आग्रह गरेका छन्‌। शनिबार राति दुबै देशका नेताहरूसँग टेलिफोनमार्फत् संवाद गरी बाइडेनले तत्काल हिंसा अन्त्यका लागि आव्हान गर्नुभएको अमेरिकी समाचार संस्था एपीले जनाएको छ। बाइडेनले इजरायली राष्ट्रपति बेन्जामिन नेतेन्याहु र प्यालेस्टीनी नेता महमुद अब्बाससँग एक्लाएक्लै फोन वार्ता गरेका हुन्‌। इजरायली र प्यालेस्टाइनीबीच विवादास्पद पश्चिम किनारा र गाजा पट्टीमा जारी युद्ध मथ्थर पार्न सम्वादले काम गर्ने विश्वास गरिएको छ।आक्रमणमा ती सञ्चारमाध्यमका कार्यालय रहेको भवन ध्वस्त भएको छ। मध्यपूर्वको अवस्था जटिल बन्दै गएपछि चीनको आग्रहमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक आइतबारका लागि बोलाइएको छ।