news-details
अन्तरास्ट्रिय

Share this post!

एकैदिन ५० जना डाक्टरको मृत्यु

कोरोना भाइरस संक्रमणका कारण भारतमा एकैदिन ५० जना डाक्टरको मृत्यु भएको छ। इण्डियन मेडिकल एसोसिएशन (आइएमए)का अनुसार गत आइतबार उनीहरुको मृत्यु भएको हो। “यो दुर्भाग्यपूर्ण हो कि हामीले आइतबार ५० डाक्टर गुमायौं,” आइएमएका महासचिव डा.जयेश लेलेले बताए। भारतमा कोरोनाको पहिलो लहरमा ७३६ र दोस्रो लहर सुरुभएपछि २४४ जना डाक्टरको मृत्यु भएको छ।