news-details
अन्तरास्ट्रिय

Share this post!

पुरानै शैलीमा फर्कन पाँउदा अमेरिकी खुसी

 ह्वाइट हाउसको वातावरण पुनः एकपटक जीवन्त देखिएको छ। त्यहाँ उपस्थित मानिसहरु विनामास्क त थिए नै साथमा एकअर्कोलाई तिनले अँगालो पनि मारेका थिए।कोरोनामाथि आंशिक विजय पाएको अमेरिकामा लामो समयपछि यस्तो वातावरण देखिएको हो। एकजना ९४ वर्षीय अतिथिको स्वागतमा उपराष्ट्रपति कमला ह्यारिसले हात मिलाउँदै अँगालो मारेकी थिइन्। भ्याक्सिनको सहज उपलब्धता र नागरिकमा चेतनाका कारण अमेरिकामा कोरोना कम हुँदै गएको हो।