news-details
समाचार

Share this post!

खोलामा युवाको शव भेटियो

रुपन्देही । जिल्लाको सैनामैना नगरपालिका –९ मा एक युवकको शव फेला परेको छ । सैनामैना–९ अन्तरगत पर्ने बनराह खोलामा पानीमा डुबेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक दिवाकर रिजालका अनुसार अन्दाजी २५/३० वर्षका ती युवाको विस्तृत विवरण खुल्न बाँकी रहेको  छ ।

पानीमा घोप्टो अवस्थामा भएका उनको शरिरमा कुनै घाउ–चोट नभेटिएको तथा घटनाको प्रकृति हेर्दा २÷४ दिन अघिकै हुन सक्ने अनुमान गरिएको प्रहरी निरीक्षक रिजालले जानकारी दिएका छन् । शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।