news-details
अन्तरास्ट्रिय

Share this post!

कोरोना भाइरस वुहान ल्याबबाटै फैलिएको कुरामा ट्रम्प विश्वस्त

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस चीनको वुहान ल्याबबाटै फैलिएको कुरामा आफू विश्वस्त भएको बताएका छन्। केही दिनअघि अमेरिकी जासूसी संयन्त्रले पनि वुहानबाटै कोरोना फैलिएको बताएको थियो। राष्ट्रपति रहँदा नै ट्रम्पले कोरोनालाई ‘चिनियाँ भाइरस’को संज्ञा दिएका थिए। यद्यपि, ट्रम्पले वुहानबाटै भाइरस फैलिएको सन्दर्भलाई पुष्टि गर्ने खालको कुनै प्रमाण भने दिन सकेनन्। दुई देशबीचको सम्बन्धमा अहिले पनि खासै सुधार आएको छैन।