news-details
स्वास्थ्य

Share this post!

आज कोरोना संक्रमित भन्दा निको हुनेको संख्या बढीः भक्तपुरको अवस्था यस्तो छ 

काठमाडौं । नेपाल आज कोरोना संक्रमित हुने भन्दा थोरै भएपनि निको हुने संख्या बढि रहेको छ । पछिल्लो २४ घण्टामा थप ६७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १९ हजार ३० जनाको पीसीआर गर्दा ६६७७ जनामा र ३२२ जनाको एन्टिजेन ३७ जनमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । यही अवधिमा थप ६७१६ जना निको भएका छन् भने थप १४५ जनाले ज्यान गुमाएका छन् । दोस्रो लहर सुरु भएयता नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी भएको यो पहिलो अवसर हो । मंगलबार थप ८६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो भने १६९ जनाको मृत्यु भएको थियो । यसअघि सोमबार देशभर ७४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ७१३५ जना निको भएका थिए । यस्तै १८५ जनाले संक्रमणबाट ज्यान गुमाएका थिए । पछिल्लो २४ घण्टामा काठमाडौँ  काठमाडौँमा ११३९, ललितपुर २४१ र भक्तपुरमा ११३ जना संक्रमित थपिएका हुन् ।