news-details
समाचार

Share this post!

खड्काद्धारा सेवा घरलाई सहयोग

भक्तपुर । नेपाल बाल संगठन भक्तपुरका अध्यक्ष राजेश खड्का र उनकी धर्मपत्नी बिनिता कार्कीले मानव कल्याण समाज (सेवा घर)लाई खाद्यन्न सहयोग गरेका छन् । अध्यक्ष खड्का दम्पत्तिले सेवाघरमा रहेका सहारा विहिन जेष्ठ नागरिक बालबालिकाको दैनिकलाई सहज बनाउन सानो सहयोग गरेको बताए । उनले तेल, बिस्कुट, मस्यौरा , मसला, धुलो खुर्सानि बेसार, चिउरा, चिनि, दाल, गेडागुडि र नुनलगायतका सामाग्री मानव कल्याण समाजलाई प्रदान गरेका हुन् ।