news-details
अन्तरास्ट्रिय

Share this post!

१२–१५ वर्षसम्मका बालबालिकालाई फाइजरको खोप दिन अनुमति

जापानमा कोरोनाविरुद्धको फाइजरको खोप १२ देखि १५ बर्षसम्मका बालबालिकालाई पनि दिइने भएको छ। स्वास्थ्य मन्त्रालय अन्तर्गतको विज्ञहरुको समूहले फाइजर बालबालिकालाई दिन स्वीकृति दिएको हो। स्वास्थ्यकर्मी सहित अग्रपंक्तिमा खटिएका वयस्कलाई फाइजरको खोप लगाउने अनुमति भने जापानमा गत फेब्रुअरीमै दिइएको थियो। यो खोप उक्त उमेर समूहका व्यक्तिलाई उपयोग गर्न उपयुक्त हुन्छ हुँदैन भन्ने बारे चिकित्सकीय परीक्षणका लागि दुईहजार दुईसय ६० बालबालिकामा प्रयोग गरिएको थियो।