news-details
राजनीति

Share this post!

नेता उज्ज्वल थापाको निधन

काठमाडौँ — विवेकशील अभियान तथा विवेकशील नेपाली दलका संस्थापक हाल विवकेशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ ।  उनको मंगलबार अपरान्ह ४ बजेर २५ मिनेटमा उपचारको क्रममा मेडिसिटी अस्पतालमा निधन भएको विवेकशील साझा पार्टीका अध्यक्ष मिलन पाण्डेले बताए । केही दिनअघि कोरोना संक्रमण भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । विवेकशील साझा पार्टीका पूर्व संयोजक रहेका ४४ वर्षीय थापा सामाजिक उत्प्रेरकका रुपमा समेत चिनिन्छन् ।