news-details
समाज

Share this post!

विवाह मण्डपमा बेहुलीको मृत्यु भएपछि.......

काठमाडौं । विवाह भइरहेका बेला बीचमा नै बेहुलीको मृत्यु भएपछि बेहुलाले बेहुलीकी बहिनीसँग विवाह गरेका छन् । यो घटना गत हप्ता भारतको उत्तर प्रदेशमा घटित भएको हो । बेहुली अचानक विवाह मण्डपमा ढलेपछि बोलाइएका डाक्टरले सुरभीको मृत्यु भइसकेको घोषणा गरिदिए । बेहुलीको मृत्यु भएपछि विवाह रोक्नुको साटो दुबै परिवारले विवाहलाई निरन्तरता दिने सोचे । यसका लागि बेहुला मनोज कुमारलाई सुरभीकी बहिनी निशासँग विवाह गरिएको छ ।

‘यस्तो अवस्थामा के गर्ने के नगर्ने भनेर निर्णय नै गर्न सकिएन । दुबै परिवार सँगै बसेर बेहुलालाई मेरी बहिनी विवाह गरिदिने कुरा भयो,’ सुरभीका दाइ सौरभले भने ।कुमार र निशाको विवाह भइरहँदा सुरभीको शवलाई कोठाभित्र राखिएको थियो । सुरभीका काका अजब सिंहले यस्तो निर्णय लिन निकै गाह्रो भएको बताउँदै परिवारले यस्तो मिश्रित भावना कहिल्यै अनुभव गरेको थिएन । ‘मृत्युले पीडा निम्त्याएको छ र विवाहले खुसी । यसलाई कसरी मिलाउने थाहा छैन,’ उनले भने ।यो घटनाले भारतमा निकै विवाद निम्त्याएको छ । धेरैले यसबारे प्रतिक्रिया दिएका छन् ।