news-details
समाचार

Share this post!

नेपाली सेनाले भित्र्यायो स्वास्थ्य सामग्री 

काठमाडौं । नेपाली सेनाले शनिवार रुपन्देहीको बेलिया नाका हुँदै  २५ वटा ट्रकमा भारतबाट कोभिड विरुद्धको स्वास्थ्य सामग्री नेपाल भित्र्याएको छ ।   शुक्रबार ती स्वास्थ्य सामग्री  लिन नेपाली सेनाका  ट्रकहरु भारत तर्फ लगिएको थियो । ट्रकहरूमा कोभिड सम्वन्धि अपरेटिङ्ग हेटलाईट , अटो रिफ्रेक्ट मिटर , बि–प्याड मेसिन, एबीजी मेशिन , ल्याब माईक्रोस्कोप , लाईट क्युरिङ कार्डलेस , आईसियु भेन्टिलेटर , म्यानुअल स्प्रेयर , भाईरस ट्रान्सपोर्ट मिडिया विथ स्वाब, आरडिटी एन्टिजेन किट , एन ९५  मास्क , पिपिई लगायतका सामग्री  ल्याईएको नेपाली सेनाले  जनाएको छ । त्यस्तै भारतले ६ वटा एम्बुलेन्स समेत नेपाली सेनालाई सहयोग पठाएको छ  ।   नेपाली सेना र भारतिय सेना बिचको आपसी सम्बन्धबाट सहयोग  आदन प्रदानको नियमित  प्रकृया अन्तरगत उक्त  स्वास्थ्य सामग्री आएको र  भारतिय सेनाले नेपाली सेनालाई ६ वटा एम्बुलेन्स समेत पठाएको नेपाली सेनाका प्रवक्ता सहायक  रथी सन्तोष बल्लभ पौड्यालले जानकारी दिए ।