news-details
स्वास्थ्य

Share this post!

आज ८ हजार २४३ जना संकोरोना क्रमण मुक्त भए 

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ८ हजार बढी निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार २४३ जना संक्रमण मुक्त भएका हुन् । यस्तै सोही अवधिमा ६८ जनाले ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर विधिबाट ११ हजार ४७१ र एन्टिजेन विधिबाट ५ हजार ३४३ जनाको कोरोना परीक्षण भएको थियो । जसमा एन्टीजेन परीक्षणमा १५०२ र पीसीआर परीक्षणमा ३ हजार ५४० गरी कुल ५ हजार ४२ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ७ हजार ७९९ पुगेको छ ।