news-details
अन्तरास्ट्रिय

Share this post!

पुस्तकालयबाट लगेको किताब ६४ वर्षपछि फिर्ता

आयरल्याण्डको एक पुस्तकालयबाट एकजना पाठकले पढ्नका लागि लगेको पुस्तक ६४ वर्षपछि फिर्ता गरेका छन् ।आयरल्याण्डको मोनाघान पुस्तकालयबाट सन् १९५७ को जनवरी ११ मा हिलारी बेल्लोकद्धाा लिखित ‘द हेज एण्ड द हर्स’ नामक पुस्तक लगिएको रहेछ । पढ्नका लागि लगेको किताब ६४ वर्षपछि गत मे महिनामा फिर्ता गरिएको छ ।पुस्तकालयमा ६ दशकसम्म पनि किताब फिर्ता नगर्दा जरिवाना त टन्नै लाग्नुपर्ने हो । पुस्तकालयको पूरानो नियमानुसार पुस्तक लैजाने ती पाठकले ६४ वर्षको जरिवानाबापत २ हजार डलर बराबरको रकम तिर्नुपर्ने थियो । तर पुस्तकालयले सन् २०१९ मै विलम्बबापतको शुल्क लिने पूरानो नियम खारेज गरेको हुनाले ती व्यक्तिले जरिवाना तिर्नु परेन ।ति लामो समयसम्म किताब कहाँ थियो र किन फिर्ता गरिएन भन्ने कुराचाहिँ थाहा नभएको लाइब्रेरियन के क्यासिडीको भनाइ छ ।