news-details
अन्तरास्ट्रिय

Share this post!

६८ दिनपछि भारतमा दैनिक संक्रमित १ लाखमुनि

भारतमा कोरोनाभाइरसको संक्रमण दिनदिनै घट्दै गइरहेको छ। अप्रिल र मेमा कोरोनाको दोस्रो लहरले आक्रान्त भएको भारतमा पछिल्लो समय दैनिक संक्रमितसँगै मृत्युदर पनि ओह्रालो लागेको छ। ६८ दिनपछि सोमबार भारतमा पहिलो पटक १ लाखभन्दा कम संक्रमित थपिएका हुन्। टाइम्स अफ इन्डियाका अनुसार सोमबार ८६ हजार १ सय ६१ जना कोरोना संक्रमित थपिएका छन्। यो गत अप्रिल १ यता दैनिक थपिएका संक्रमितहरूमा  सबैभन्दा कम संख्या हो। मे ६ मा भारतमा एकैदिन ४ लाख १४ हजार मानिसमा संक्रमण पुष्टि भएको थियो। यस्तै सोमबार दैनिक मृत्यु पनि दुई हजारभन्दा मुनि झरेको छ। सोमबार  भारतभरि १ हजार ८ सय ६७ जनाको मृत्यु भएको छ। यो अप्रिल १९पछि भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दैनिक २ हजारभन्दा माथि थियो। कोरोनाका नयाँ संक्रमित कम हुँदै गएपछि विभिन्न राज्यहरूले जारी गरेका प्रतिबन्धहरू खुकुलो बनाउन थालेका छन्। विज्ञहरूले भने संक्रमण घटेकाले दोस्रो लहर पिकबाट ओह्रालो लागेको देखिए पनि राज्यपिच्छे फरक(फरक अवस्था भएकाले जनजीवन सामान्य बनाउनुअघि सावधानी अपनाउनु पर्ने बताएका छन्। भारतमा अहिलेसम्म २ करोड ९० लाखलाई कोरोना संक्रमण भएको छ भने ३ लाख ५१ हजारले ज्यान गुमाएका छन्।