news-details
समाचार

Share this post!

हातखुट्टा बाँधेर बेहुलीमाथि कुटपिट

जनकपुरधाम ।  महोत्तरीमा एक नवविवाहिता महिला दाइजोकै निहुँमा प्रताडित भएकी छन्। बिहे भएको एक महिना नबित्दै दाइजोमा ग्यास चुल्हो र सिलिन्डरलगायत सामग्री नदिएको भन्दै महोत्तरीकी एक नवविवाहिता महिलालाई चरम यातना दिएको घटनाबारे प्रहरीमा उजुरी परेको छ।

अमृताले आफ्नो श्रीमान् २४ वर्षीय जोगनारायण साह, ससुरा ५० वर्षीय अनुप साह, ३० वर्षीय जेठाजु सत्यनारायण साह, २६ वर्षीय जेठाजु भागनारायण साह, २० वर्षीय देवर सत्रोहन साह र ४५ वर्षीया सासू रजखोरबालीलाई विपक्षी बनाई न्यायका लागि सर्लाहीका शान्ति सेवा केन्द्र र जिल्ला प्रहरी कार्यालयमा दोषीलाई कारबाही माग गर्दै जेठ २४ गते उजुरी दर्ता गराएकी छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठोडका अनुसार कुटपिटमा संग्लन ससुरा अनुप साहलाई पक्राउ गरिएको छ। अन्य सदस्य भने फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ।