news-details
राजनीति

Share this post!

वैद्यलाई आत्मालोचना गर्न कांग्रेसको निर्देशन

काठमाडौं । प्रधानमन्त्री विरुद्ध दिएको विवादास्पद अभिव्यक्ति फिर्ता नेपाली कांग्रेसले बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई निर्देशन दिएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गर्दै अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिइएको जानकारी दिएका हुन् । बागमती प्रदेशमा कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँमार्फत शुक्रबार बेलुकी पार्टीले गरेको निर्देशनलाई पालना गरेर अभिव्यक्तिमा संयम र सजगता राख्न सचेत समेत गराइएको शर्माले जानकारी दिए । कांग्रेसका अर्का एक नेताले वैद्यलाई प्रदेशसभामै आत्मालोचना गर्न भनिएको छ । आफ्ना धारणा राख्न वैद्यले सभामुखसँग समयसमेत मागिसकेको ती नेताको दाबी छ ।  ‘हामी कुनै पनि बहानामा उनको अभिव्यक्ति ढाकछोप गर्दैनौं । यही कुरा अरूले गर्दा गल्ती हो हाम्ले गर्दा महागल्ती हो ।