news-details
राजनीति

Share this post!

नरोत्तम वैद्यको मानसिक अवस्था कस्तो होलाः अध्यक्ष देउजा 

भक्तपुर । नेकपा एमाले भक्तपुरका अध्यक्ष बचन देउजाले प्रदेश सभामा प्रधानमन्त्रीलाई मार्ने अभिव्यक्ति दिनेको मानसिक अवस्था कस्तो होला भन्दै प्रश्न गरेका छन् । सामाजिक संजालमा लेख्दै उनले आफुलाई लोकतन्त्रको असली हिमायती ठान्ने कांग्रेसले अभिव्यक्ति स्वतन्त्रताको नाममा लोकतन्त्रलाई कुरुप पार्ने यस्ता पात्रका बारेमा के भन्छ ? 

 प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको ‘हत्या गर्ने’ अभिव्यक्ति दिएका प्रदेशसभा सदस्यलाई नेकपा एमाले भक्तपुरले कारबाहीको माग गरेको छ । प्रदेश सभा सदस्य नरोत्तम वैद्यले केपी ओलीलाई परास्त गर्नका लागि नेपालमा पनि नाथुराम गोड्से जन्मिनु पर्ने बताउँदै त्यसका लागि आफू गोड्सेसमेत बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए । वैद्यले उक्त अभिव्यक्तिको देशभर विरोध भएको छ । नेपाली कांग्रेसले बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई विवादास्पद अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न निर्देशन दिएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गर्दै अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिइएको जानकारी दिएका हुन् ।